काठमाडौँ- कोरोना महामारीको जोखिम दिनप्रतिदिन बढ्ने खतरा देखिएको छ । कोरोना संक्रमण दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ।
प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो।
बुधबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोना परीक्षण गर्ने बताएको छ।
ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ।
प्रमुख जिल्ला अधिकारी पराजुलिले ‘केही दिनयता हामीले रूघाखोकी र ज्वरो आएका व्यक्तिहरूलाई परीक्षणमा पठाउने गरेका छौं,’ भनेका छन्।
परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ। नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो। ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको छ। काठमाडौँ नाका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेका छन्।