जंगली अर्किडको संरक्षण गर्नुपर्नेमा जोड


जंगली अर्किडको संरक्षण गर्नुपर्नेमा जोड

काठमाडौं । जंगली अर्किडको अवैध व्यापारका कारण कतिपय प्रजातिका बहुमुल्य अर्किड लोप हुँदै गएको  भन्‍दै यसको संरक्षणका लागि बलियो नीति नियम बन्नुपर्नेमा सरोकारबालाले जोड दिएका छन् ।

जंगली अर्किडको अवैध व्यापार र  दीगो प्रयोगको बारेमा सरोकारवाला निकायहरुबीच भएको छलफलमा उनीहरुले  यसको संरक्षणका लागि बलियो नीति नियम बन्नुपर्नेमा जोड दिएका हुन् ।

प्रा.डा. बिजया पन्तले उद्योगसँग अध्ययनलाई जोड्न नसकेको कारण अर्किड व्यवसायलाई व्यवसायीकरण गर्न नसकिएको बताइन् ।

औषधिको रुपमा प्रयोग हुने बहुमुल्य जंगली अर्किडको व्यापार र संरक्षणलाई व्यवस्थित बनाउन सके यसबाट धेरै फाइदा लिन सकिने भए पनि नीति नियम कमजोर भएको कारण नसकिएको बन तथा वातावरण मन्त्रालयका उपसचिव बलराम पौड्यालले बताए ।

नेपाल र मेक्सिकोका स्थानीय समुदायहरुले जंगली अर्किडहरुको व्यवसायीक संरक्षण गरिरहेको छ । नेपालमा पाइने ५ सय प्रजातीका अर्किड संरक्षणका लागि सरोकारवाला सबै जुट्नुपर्ने उनीहरुले बताए ।

ग्रीनहुड नेपालले आयोजना गरेको कार्यक्रममा अर्किड संरक्षण तथा प्रयोगका लागि नीति नियम कमजोर भएका कारण समस्या भइरहेको सरोकारवालाहरुले बताए  ।