म्यानमारको सैनिक दमनविरुद्ध राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन


लेखक : लेखापढी      १७ चैत्र २०७७, मंगलवार १४:३९ मा प्रकाशित     
म्यानमारको सैनिक दमनविरुद्ध राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले म्यानमारमा भैरहेको हत्या र दमन बन्द गर्नका लागि आह्वान गर्दै ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेको छ । मंगलबार समाजले म्यानमारमा भैरहेको हत्या र दमन बन्द गर्नका लागि आह्वान गर्दै प्रदर्शन गरेको हो । त्यस्तै समाजले त्यहाँ भैरहेको हत्या र दमन बन्द गर्न राष्ट्रसंघलाई प्रभावकारी कदम चाल्न समेत आग्रह गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघ समक्ष आग्रह गरेको हो ।

समाजका सभापति गोविन्द खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘ म्यानमारमा जारी हत्या र दमन तत्काल अन्त्य हुनुपर्छ र शिघ्र लोकतन्त्र बहाली हुनुपर्छ भन्ने आग्रहसहित यसअघि पनि मानवअधिकार तथा शान्ति समाजले नेपालस्थित म्यानमार दूतावास अगाडि विरोध प्रदर्शन गरिसकेको छ । मानवअधिकार तथा शान्ति समाज म्यानमारको सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमनलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दछ ।’  म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेयता भएका प्रदर्शनमा ४ सय बढी प्रदर्शनकारीको मृत्यु भैसकेको छ । म्यानमारको सैनिक सत्ताले गरेको दमनको विश्वभर आलोचना भैरहेको छ । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!