चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आइपुग्यो काठमाडौंमा


[ss_social_share]
लेखक : लेखापढी      १६ चैत्र २०७७, सोमबार १२:२९ मा प्रकाशित     
चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आइपुग्यो काठमाडौंमा

चीनले नेपाललाई उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोप भेरोसेल नेपाललाई हस्तान्तरण गरेको छ । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको  कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको हाे ।  

चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको ८ लाख डोज खोप नेपाललाइ अनुदानमा दिएकाे हाे ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ ।

यस खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी बताउँछन् । भेरोसेल खोप पनि दुई डोज लगाउनुपर्छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •