दिन खुल्याे – लघुकथा


दिन खुल्याे – लघुकथा

“यति चाँडै किन उठेकाे नि यस्ताे जाडाेमा ?” श्रीमतिले झर्केर साेधिन् ।

“अब हाम्राे दिन खुलेकाे तिमीलाई के थाहा !” भन्दै लालकान्त बाथरुम पस्याे ।

नुवाई धुवाई गर्याे । पुजा पाठ गर्याे । उसकाे खुसीले सीमा नाघेकाे थियाे । ऊ एक्लै पनि मुस्कुराउन थालेकाे थियाे । उसकाे बानी व्यवहारमा एक्कासी परिवर्तन आएकाे देखेर श्रीमती पनि छक्क परेकी थिइन् ।

ऊ लुगा पहिरिएर हिँड्न लागेकाे थियाे छाेराले भन्याे ” मलाई एउटा ज्याकेट ल्याइदिनुस् है !” ” ल ल हाम्राे दिन खुलेकाे छ ।” भन्दै घरबाट निस्कियाे र फटाफट हिँड्याे ।

“लालकान्त दाइ यति चाँडै कता हाे नि ?” छिमेकीले साेधे । उसले मुसुक्क हाँदै भन्याे, ” ल ल हाम्राे दिन खुलेकाे छ ।”

उसले मुस्कुराउँदै ” कता हुनु नि यार बल्ल त हाम्राे दिन खुलेकाे छ ।” भन्दै सरासर अघि बढ्याे ।

अलि पर पुगेपछि साथीसँग भेटभयाे, ” हैन यार आज यति चाँडै कता हाे नि ?” उसले मुस्कुराउँदै ” कता हुनु नि यार बल्ल त हाम्राे दिन खुलेकाे छ ।” भन्दै सरासर अघि बढ्याे । उसले दिनभरि भ्याई न भ्याई आफ्नाे काम गर्याे र साँझ घर फर्कियाे ।

” लालिमा खाना तयार भाे ?” भन्दै भित्र पस्याे । “खायाै अब खाना” श्रीमती झाेक्किएर बसेकी थिइन् । “ल ल अब हाम्राे दिन खुलेकाे छ ।” उसले उहीँ कुरा दाेहाेर्याे । “नाप्याे ! दिन त आफैं खुलिहाल्छ नि ! लाेडसेडिङ् हुन लागेकाे पाँच दिन भैसक्याे । म त दिक्दार भैसकेँ जब खाना बनाउन लाग्याे झ्याप्प बत्ती जान्छ । ”

उसले मुसुक्क हाँस्दै भन्याे, ” त्यही भएर त हाम्राे दिन खुलेकाे छ त । हेर पाँच वर्षदेखि स्टक बसेकाे इनभटर पाँच दिनमा सबै बिक्री भयाे नि !”


उद्धवप्रसाद प्याकुरेल
सानाेठिमी भक्तपुर
२०७७/०९/१९


(“आधुनिक नेपाली लघुकथा समूह”सँगको सहकार्यमा हरेक हप्ता सोमबार र शनिबार लघुकथा प्रकाशन गर्ने गरेका छौ , साहित्यिक श्रस्टाहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ –www.lekhapadhi.com, हेरिटेज मिडिया नेटवर्क)


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com


https://lekhapadhi.com/category/sahityakala/