गजल


लेखक : लेखापढी      १६ चैत्र २०७७, सोमबार १३:१३ मा प्रकाशित     
गजल

म शराबी, शराबी नशामै जवानी ढल्किसकेछ,
म ढुङ्गा भए किनारमा र पानी छ छल्किसकेछ।

दुस्मन सहन्छु झुक्दै झुक्दैन राष्ट्रका खातिर,
यात्रामा हिडेको दुस्मन म भित्रै पल्किसकेछ।

विश्वास गर्नु ठूलो अभिषाप बन्दैछ जिन्दगीमा,
मेरो मेरो भन्दै हिडे ऊ भने अन्तै सल्किसकेछ।

हेर मुर्खता अरुको कोट्याउदै हिडोको यसरी,
उसको त्यो कालो कर्तुत पनि त टल्किसकेछ।

बिचरा! बूढो रुख रमाउदै गर्दैछ आत्मरतिमा,
अन्दाज रहोस् हावाले जरा सबै हल्किसकेछ।


धर्मानन्द भट्ट
महेन्द्रनगर, कंचनपुर 
(सुदुरपस्चिमबाट हामीलाई प्राप्त सुन्दर गजलको लागि ‘धर्मानन्द भट्ट’ लाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ- लेखापढी म्यागजिन, lekhapadhi.com)


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread Your Love !!!