होली खेल्दा एसिडले तीन विद्यार्थी घाइते


लेखक : लेखापढी      १६ चैत्र २०७७, सोमबार १४:५६ मा प्रकाशित     
होली खेल्दा एसिडले तीन विद्यार्थी घाइते

काठमाडौं । काठमाडौँको साँखुमा होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् । पानी सम्झेर एसिड प्रयोग गर्दा यो घटना भएको प्रहरीको भनाइ छ । पानी भनेर एसिड छ्याप्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरीले बताए ।

काठमाडौँको शंखरापुर नगरपालिका–१ स्थित चापाकोटमा आइतबार होली खेल्दा एसिड छ्यापेपछि १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक घाइते भएका छन् । घाइतेहरुको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । एसिडले किशोरीको गाला र दुईजना बालकको हात र अनुहार जलेको छ । घाइतेहरू नविन ग्राम मावी शंकरापुरमा अध्ययनरत छन् ।

एसिड भन्ने नचिनेर उनीहरुले दलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनापछि सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका संचालक ४४ वर्षीय केशव नेपाललाई पनि पक्राउ गरिएको एसएसपी सिंहले बताए ।

प्रहरीका अनुसार चापाकोटस्थित दुध डेरीबाट बालकले उक्त ग्यालिन ल्याएका हुन् । तर सो ग्यालिनमा पानीको साटो सल्फ्युरिक एसिड रहेछ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!