प्रधानमन्त्री केपी शर्मा ओली र सभामुखबीच भेट


[ss_social_share]
लेखक : लेखापढी      १५ चैत्र २०७७, आईतवार १८:२९ मा प्रकाशित     
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुखबीच भेट

धानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेपछि करिब दुई घण्टा छलफल भएको हो ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्योपानेकाअनुसार सरकारको तर्फबाट तयार भएका विधेयक तथा संसद बैठकको प्रभावकारिता विषयमा छलफल भएको छ । सभामुख सापकोटाले प्रधानमन्त्रीसँग परामर्श गरी संसद बैठकलाई प्रभावकारी बनाउनेबारेमा पत्रकारलाई जानकारी गराउँदै आउनुभएको थियो । आफू दलका नेताहरुसँग पनि परामर्शमा रहेको उहाँले संसदीय मामिला पत्रकार समाजको कार्यक्रममा शनिबार प्रष्ट पार्नुभएको थियो ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद विघटन र पुनस्र्थापनासम्म आइपुग्दा खासै राम्रो सम्बन्ध नरहेको सन्देश बाहिर गएका बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको छलफलले सम्बन्ध सुधारमा सहयोग पुगेको विश्वास उहाँको सचिवालयले गरेको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •