‘कालापानी यात्रा’ विमोचित


[ss_social_share]
लेखक : लेखापढी      १५ चैत्र २०७७, आईतवार १८:१३ मा प्रकाशित     
‘कालापानी यात्रा’ विमोचित

नियात्रा समाजको आयोजनामा ‘कालापानी यात्रा’ पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा विमोचन भयो । भारतद्वारा अतिक्रमित भूमि दार्चुलाका मोहनसिंह ऐतवाल एवम् इलाम, पशुपतिनगरका कर्णबहादुर तामाङ र रिन्छु ल्यामु योञ्जनले पुस्तकको विमोचन गरे । नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालको अध्यक्षता, पुष्पा खनालको सञ्चालनमा सम्पन्न भएको सो विमोचन समारोहमा स्वागत मन्तव्य कालापानी पदयात्राकी सहभागी इन्दिरा पन्तले गरिन् ।

अग्रज पत्रकार भैरव रिसाल प्रमुख अतिथि रहनुभएको यस समारोहका अतिथिमा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, सीमाविद् रतन भण्डारी, नदी तथा जलस्रोतविद् जगत भुसाल, महाकाली बचाऊ अभियन्ता ऋषिराज लुम्साली, साझा प्रकाशनका प्रबन्ध निर्देशक होमप्रसाद गौतम, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी २०५५ सालमा सम्पन्न कालापानी यात्राका टोली नेता पूर्व मन्त्री योगेश भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू दिनेशराज पन्त र माया ठकुरी अतिथि रहेका थिए ।

वरिष्ठ अग्रज पत्रकार तथा कार्यक्रमका प्रमुख अतिथि भैरव रिसालले कालापानी अतिक्रमणको इतिहासको चर्चा गर्दै नेपाली पाठकहरूले अत्यन्तै गहन र महत्वपूर्ण साहित्यिक कृति प्राप्त गरेको बताए । पूर्व मन्त्री योगेश भट्टराईले लेखकको व्यक्तित्व माथि चर्चा गर्दै कालापानी यात्रा पुस्तकको महत्व उच्च रहेको विचार व्यक्त गरे । सीमाविद् बुद्धिनारायण श्रेष्ठले विमोचित पुस्तक नेपालको साहित्य, सीमाना र राष्ट्रियताका लागि महत्वपूर्ण हुने बताए । समारोहमा लेखक नन्दु उप्रेती, कालापानी यात्राका सहभागी अनुजकुमार श्रेष्ठ एवम् प्रकाशन संस्था भूँडीपुराण प्रकाशनका केशव पराजुलीले आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा लेखक उप्रेतीकी जीवनसंगिनी पवित्रा सुवेदी, सुपुत्रहरू अनुप र अनुजलाई पनि मञ्चमा बोलाएर लेखकको जीवनमा परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा सांकेतिक रूपमा व्यक्त गरिएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •