अक्षरमार्गको स्रष्टा सम्मान तथा कृति लोकापर्ण समारोह सम्पन्न


[ss_social_share]
लेखक : लेखापढी      १५ चैत्र २०७७, आईतवार १८:०६ मा प्रकाशित     
अक्षरमार्गको स्रष्टा सम्मान तथा कृति लोकापर्ण समारोह सम्पन्न

अक्षरमार्ग त्रैमासिकले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा स्रष्टा सम्मान तथा कृति लोकार्पण समारोह सम्पन्न गर्यो । अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजुज्यूको अध्यक्षता, डा. पुष्करराज भट्टको सञ्चालनमा सम्पन्न भएको समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, विशेष अतिथिमा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल एवम् प्रा.डा. शैलेन्द्रुप्रकाश नेपाल थिए ।

समारोहमा वि.स. २०७७ का लागि विष्ण्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट श्रीओम श्रेष्ठ रोदन, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकारिता सम्मानबाट वियोगी बुढाथोकी, नरबहादुर अक्षरमार्ग सम्मानबाट विष्णु एस राई, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सुरेन्द्र अस्तफल, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट तारा केसीलाई सम्मानित गरिएको थियो । समारोहमा देशभरिका मुक्तककारको संयुक्त कृति मुक्तकमा समवेत स्वरहरूको विमोचन गरिएको थियो ।

अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजूको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा सम्मानित प्रतिभाका बारेमा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवालले एवम् विमोचित कृति मुक्तकमा समवेत स्वरहरूका बारेमा प्रा.डा. शैलेन्द्रप्रकाश नेपालले आफ्नो मन्तव्य दिएका थिए । समारोहमा डा. गार्गी शर्मा, रत्नप्रसाद अनामणि, मच्छेश्वर सापकोटा, उमेश पाण्डेय, प्रल्हाद केसी, भारती श्रेष्ठ, सुधा भट्टराई, पूर्णकुमार श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

कार्यक्रममा रुद अधिकारी, दुर्गा किरण, लव खडका, मीना चौलागाईँ, उत्तम विचार, सुभद्रा दाहाल, रामसुन्दर देउजा, तेजकुमार श्रेष्ठ, दिलकुमारी डंगोल, कृष्णकुमार वैद्य, तुयुकाजी ताम्राकार, जयदेश श्रेष्ठ, काशीराम विरस, सञ्जीव राई, सुधा भट्टराई लगायतका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •