म्यानमार सैनिक हिंस्रक बन्दै: एकैदिन ८९ जना प्रदर्शनकारीको मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      १५ चैत्र २०७७, आईतवार ०४:४१ मा प्रकाशित     
म्यानमार सैनिक हिंस्रक बन्दै: एकैदिन ८९ जना प्रदर्शनकारीको मृत्यु

एजेन्सी । म्यानमारमा शनिबार भएको प्रदर्शनकारी र सुरक्षाफौजबीचको झडपमा कम्तिमा ८९ जना प्रदर्शनकारीको मृत्यु भएको छ । त्यहाँको राजनीतिक कैदीहरूका लागि सहयोगी संस्था (एएपीपी)का अनुसार शनिबार साँझको रिपोर्टअनुसार एकैदिन ८९ जना प्रदर्शनकारीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बालबालिका समेत रहेका छन् । शसस्त्र बल दिवसका दिन प्रदर्शनकारी र सुरक्षाफौजबीच भीषण झडप भएको बीबीसीले जनाएको छ । अमेरिका, ब्रिटेन र युरोपियन युनियनले उक्त हिंसाको भर्त्सना गरेका छन् ।

बेलायतका राजदूत डान चागले विज्ञप्ति जारी गर्दै भनेका छन् ‘निशस्त्र जनतालाई गोली हानेर म्यानमारको सुरक्षा फौजले आफ्नो प्रतिष्ठा गुमाइसकेको छ ।’ त्यस्तै अमेरिकी राजदूतावासले पनि त्यहाँको सुरक्षाफौजले ‘निशस्त्र नागरिकहरुलाई’ मारिरहेको आरोप लगाएको छ ।  

गत फेब्रुअरीमा त्यहाँ सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोधमा त्यहाँ दैनिक प्रदर्शन हुँदै आएको छ । त्यसयता भएका हिंस्रक झडपमा ४ सय बढी प्रदर्शनकारीहरूको ज्यान गैसकेको छ । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •