मेलम्चीको पानि आज देखि धारामा पुग्यो


[ss_social_share]
लेखक : लेखापढी      १५ चैत्र २०७७, आईतवार १५:०५ मा प्रकाशित     
मेलम्चीको पानि आज देखि धारामा पुग्यो

काठमाडौं । काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट घरका धारामा पानी पठाएर मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ ।

आज दिउँसो उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गरेका हुन् ।

हाल पुराना पानीपोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइनहरु परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेलले जनाएको छ । पहिलो चरणमा आज चार करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने जनाइएको छ ।

आजदेखि देवकोटा सडक, बत्तिसपुलली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोटहाइट, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण सुरु गरिएको केयूकेलले जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •