ज्ञान, धन र विश्वास तीनवटा एक अर्का खुबै मिल्ने मित्र थिए । तीनै एक अर्का बिना अर्थहीन जस्ता लाग्दथे । ज्ञान बिनाकाे धन, विश्वास विनाकाे ज्ञान कल्पना पनि गर्न सकिदैन थियाे । एक पटक तीनै जना अलग हुनु पर्ने भयाे । अब तीनैलाइ अब कहाँ र कहिले भेटने भन्ने कुरा भयाे ।
ज्ञानले भन्याेः म विद्द्यालय, मन्दिर, मस्जिद , चर्च, गुम्बामा हुनेछु ।
धनले भन्याेः म धनाड्य मानिसहरूकाे साथमा हुनेछु ।
तर विश्सास चुप लाग्याे, केही बाेलेन । दुवैले एकै स्वरमा भने तिमी कहाँ भेटिनेछाैं ।
विश्वासले रूँदै भन्याेः म त एकपटक गइसकेपछि फेरी कही भेटिनेछैन ।
(विश्वास एक पटक गुम्याे भने कहिल्यै पनि दाेश्राे पटक भेटीदैन ।)
अनुवादः लेखापढी डटकम