कानूनः (कविता)


लेखक : लेखापढी      १४ चैत्र २०७७, शनिबार १४:४८ मा प्रकाशित     
कानूनः (कविता)

कानून पढ्न थालेपछि समाजबाट प्रश्नको ओहिरो आफू तर्फ तेर्सिन थाल्यो
जवाफ नभएर मौनता साध्नु पर्ने दिन पनि आउन थाल्यो।

हजुरआमा सोध्नु हुन्छ,
कालो कोट लगाएर,मन पनि कालो बनाएर
पैसा र पावरको भरमा
मान्छेहरुले हजुरबुबालाई अनन्याय गरे जस्तै गरि
त पनि अरुलाइ अन्याय गर्छस् होला नि हैन ?

काकि सोध्नु हुन्छ,
वकिल भएर
सत्ताको आडमा बिबेकको दुरुपयोग गर्ने त होला नि अब होइन?

काका सोध्नुहुन्छ,
हुनेवाला वकिलसाहेब राज्य त पुरै अराजक भयो भयो 
न्यायालय पनि किन हरेक मुद्दामा धृतराष्ट्र बन्छ ?

छिमेकी हरु सोध्छन्,
न्यायको खरिदबिक्रीमा बरु सेयर कता किन्ने हो वकिल साहेब ?
सर्वसाधारणलाई पनि जानकारी दिए
नुन तेल जुट्ने थियोे कि ?

बिज्ञान पढ्दै गरेकी साथीले भन्छे,
निर्मलालाई न्याय दिन नसक्ने कानून पढेर के पाउछस् तैले,
पैसा पावर या इज्जत
यि सबै क्षणिक हुन् साथी
छोड्दे यो क्षेत्र ।

यी भनाइ र प्रश्नको न त जवाफ छ मसंग न त प्रतिउत्तर नै,
हुन पनि कहाँबाट हुन्थ्यो
आज न्यायलयले त दुःखी लाई झन् दुःखी
र अपराधीलाई झन् खुसी बनाउदै पठाउदै गरेको धेरै दृश्य त आँखा अगाडि नै छताछुल्ल छ नि।

नैतिकता र मानवतासम्म हराइसकेको यो देशमा,
म,
जीवनको अन्तिम श्वास रहुन्जेलसम्म पनि
यो क्षेत्रको बिसंगती र बेथिति बिरुद्ध  लडिनै रहने छु
र,
ती हजुरआमा, काका ,काकी र साथी लाई सुकार्य गरेर जवाफ फर्काउने छु।

सबै साथीहरु हातेमालो गरौं
हामी सबै विद्यार्थीहरु उदाहरणीय बनौ,
पैसा र पावरको भरमा हैन विवेकको वरमा मुद्दा लडौ,
अनन्यायमा परेकालाई न्याय दिउ, अनि अपराधीलाई सजाय।


✍️आयुष बडाल
धुलिखेल,काभ्रे
अध्ययन:काठमाडौ युनिभर्सिटी।


डाक्टरको पीडा:

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •