महासंगीत (कविता)


महासंगीत (कविता)

नदी छालको कलकल
ज्वारभाटाको हलचल
सारङ्गीको घोर
दुवै कान गुञ्जायमान गर्न
यो हो
महासङ्गीतको स्वर

सुखको चाहना
समृद्धिको सपना
विलासिताको कल्पना
राग विराग सबै मेटिएको
जिन्दगीको समधुर दग्धी
महासङगीत

हाँस्ने इँछा
रुने मन
हृदयको गहिराइबाट उठने
आलिङ्गनार्थी तरङ्ग
वासना वाञ्छना सबै मेटिएको
महासङ्गीतको
परम धुन

आज मनको प्रफुल्ल आकाशमा
नदीको कलकल
ज्वारभाटाको हलचल
सारङ्गीको घोर
झरनाको झरझर
सबैको सम्मेलन सुचारु छ
संसार बदल्ने महायात्रामा
महासङ्गीतको परम धुन
गुञ्जिरहेछ परमगुञ्जन ।


जीवन शर्मा 
काठमाडाैं