स्व. नेता जोशीलाई शीर्ष नेताहरुको श्रद्धाञ्जली, सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


लेखक : लेखापढी      १४ चैत्र २०७७, शनिबार १६:१५ मा प्रकाशित     
स्व. नेता जोशीलाई शीर्ष नेताहरुको श्रद्धाञ्जली,  सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् । शुक्रबार राति निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र ती दिनमा शोकका कार्यक्रमहरुबाहेक पार्टीका अरू औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।       

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले श्रद्धाञ्जली दिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •