कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्षको मृत्यु, सचिवसहित ७ पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      १४ चैत्र २०७७, शनिबार १५:५९ मा प्रकाशित     
कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्षको मृत्यु, सचिवसहित ७ पक्राउ

जिल्लाको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको शुक्रबार पिकनिक खान गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबार वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका बेला घाँ’टीमा समस्या देखिएपछि अस्पताल पुगाएका वडाध्यक्ष चन्दलाई चिकित्सकले मृ’त घोषणा गरेको बताए।

प्रहरीका अनुसार शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका-६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका थिए।

‘त्यहाँ वडाअध्यक्षलाई मासु र रक्सी खाने बेला अचानक घाँटीमा समस्या आएको भन्ने छ। सँगै गएकाहरूले मासु घाँटीमा अड्केर समस्या आयो भनेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर थापा क्षेत्रीले भने।

मासु खाएका चन्दले घाँटीमा समस्या देखिएपछि तत्कालै महाकाली अस्पताल ल्याइएकोमा चिकित्सकले मृ’त घोषणा गरेको प्रहरी नाबय उपरीक्षक थापाले बताए ।

उनकाअनुसार वडाध्यक्षसँगै पिकनिक खान गएका वडा सचिवसहितका ७ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। मृतकको श’व परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृ’तक वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •