दाउराको मोल (लघुकथा)


लेखक : लेखापढी      १४ चैत्र २०७७, शनिबार ११:१२ मा प्रकाशित     
दाउराको मोल (लघुकथा)

उसले आफ्ना दाउरातिर हेर्दै मनमनै भन्यो, ‘दुई सयभन्दा कममा त मरिगए दिन्न ।’ आफ्नो अडानलाई पुष्टि गर्न वरिपरि हेर्यो ।

‘दाउरा बेचेर दुई सय आयो भने सबैभन्दा पहिले आमाको लागि औषधि किन्छु, अलिकता फलफूल किन्छु र आमाका नजिक बसेर आफ्नै हातले खुवाउँछु ।’ मनमा कुरा खेलायो । उसले बिरामी आमाको अनुहार सम्झियो ।

घाटमा हिजो अस्ति जस्तो छ्यालव्याल दाउरा थिएनन् र जेजति थिए ती पनि उसका जस्ता अब्बल थिएनन् । त्यसैले उसले आफ्नो इच्छा पूरा हुने विश्वास लियो र सन्तोषको लामो सास फेर्यो । ‘दाउरा बेचेर दुई सय आयो भने सबैभन्दा पहिले आमाको लागि औषधि किन्छु, अलिकता फलफूल किन्छु र आमाका नजिक बसेर आफ्नै हातले खुवाउँछु ।’ मनमा कुरा खेलायो । उसले बिरामी आमाको अनुहार सम्झियो । आँखा रसाए । दाइभाईलाई पनि सम्झियो- ‘मोराहरू सम्पत्ति खान भनेपछि मरिहत्ते गर्छन् तर औषधिमुलो गर्दैनन् ।’ दाइभाइलाई घृणा गर्दै प्याच्च थुक्यो ।

उसले चारैतिरका घाट-नाका हेर्यो तर कहीँ केही देखेन । ‘शङ्ख फुकेको त टाढैदेखि सुनिन्थ्यो । हिजो अस्ति दिनमा तीन-चारोटा लास आउँथे, तर आज एउटा पनि आएन, कस्तो अचम्म !’

गरिबीका कारण आमाको औषधि गर्न नपाएकोमा दुःखी भयो । दिन ढल्दै थियो, पेटले अन्नको माग गरिरहेको थियो तैपनि ऊ आमाको चिन्ताले पिरोलिइरहेको थियो । उसले चारैतिरका घाट-नाका हेर्यो तर कहीँ केही देखेन । ‘शङ्ख फुकेको त टाढैदेखि सुनिन्थ्यो । हिजो अस्ति दिनमा तीन-चारोटा लास आउँथे, तर आज एउटा पनि आएन, कस्तो अचम्म !’ ऊ निरास भयो तर चारैतिर हेर्न चाहिँ छोडेन ।

निकै बेरको प्रतीक्षापछि शङ्खको एकोहोरो आवाज उसका कानमा ठोकियो । आवाज सुनेपछि ऊ खुसी भयो र दाउरातिर हेर्दै मनमनै भन्यो, ‘दुई सयभन्दा कममा त दिँदैदिन्न ।’ उसले मनमनै कल्पना गर्यो, ‘उनीहरू आउनेछन् । दाउराको भाउ सोध्ने छन् । सुरुमा तीन सय भन्ने छु अनि उनीहरूले भाउ घटाउन अनुरोध गर्ने छन् र अन्त्यमा दुई सयमा दिनेछु ।’ मनमा कुरा खेलाउँदै थियो ।

मलामीहरू नजिकै आए । शङ्ख फुक्दै अगाडि आइरहेको मान्छेलाई चिनेचिनेजस्तो लाग्यो । शङ्का गर्दागर्दै उसको मुखबाट मधुरो आवाज बाहिर आयो– ‘हँ ! यी त साइँलाबाजस्ता पो छन् ।’…. जोडले ‘आमा !’ भन्दै चिच्यायो ।

मलामीहरू नजिकै आए । शङ्ख फुक्दै अगाडि आइरहेको मान्छेलाई चिनेचिनेजस्तो लाग्यो ।
शङ्का गर्दागर्दै उसको मुखबाट मधुरो आवाज बाहिर आयो– ‘हँ ! यी त साइँलाबाजस्ता पो छन् ।’ त्यस्तैमा उसले लासको पछाडि हिँड्दै गरेको आफ्नो दाइलाई देख्यो ।

उसको शङ्का यथार्थमा परिणत भयो । जोडले ‘आमा !’ भन्दै चिच्यायो । अनि आफ्नो शरीरलाई सम्हाल्न नसकी डङ्ग्रङ्ङ ढल्यो ।


हरिप्रसाद भण्डारी
भक्तपुर
(“आधुनिक नेपाली लघुकथा समूह”सँगको सहकार्यमा हरेक हप्ता सोमबार र शनिबार लघुकथा प्रकाशन गर्ने गरेका छौ , साहित्यिक श्रस्टाहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ –www.lekhapadhi.com, हेरिटेज मिडिया नेटवर्क)


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •