नरपिचास (लघुकथा)


[ss_social_share]
लेखक : लेखापढी      १४ चैत्र २०७७, शनिबार १०:३८ मा प्रकाशित     
नरपिचास (लघुकथा)

कक्षा सातमा पढ्दै गरेकी मुना विद्यालय जाँदै गर्दा बाटोमा एउटा युवक फूलकाे कोपिला चुड्दै गरेकाे देखेर “अंकल नचुड्नु न फूलेपछि कति सुन्दर देखिन्छ” भनि नचुड्न आग्रह गरिन ।

सधैँजसो विद्यालयकाे खाजा समयमा कहिले चकलेट, कहिले फ्रूटी भने कहिले चाउचाउ दिएर “तिम्रो बाबाले पठाउनुभएको” भन्दै भेट्ने बहाना पुरा गर्थ्यो । मुना पनि खुशी हुँदै खन्थिन ।

“ल ल तिमिलाई सुन्दर लाग्छ भने चुड्दैन है नानु ।” प्रायः मुनाको बुबासँगै बढि निकट रहने भएकोले आत्मिय सम्मानपूर्वक अंकल भनेर सम्बोधन गर्थिन् त्यो युवकलाई मुनाले । सधैँजसो विद्यालयकाे खाजा समयमा कहिले चकलेट, कहिले फ्रूटी भने कहिले चाउचाउ दिएर “तिम्रो बाबाले पठाउनुभएको” भन्दै भेट्ने बहाना पुरा गर्थ्यो । मुना पनि खुशी हुँदै खन्थिन ।

केहि दिनपछि मुना विद्यालयबाट फर्किदा बलात्कृत भएको घटना सुनिन्छ ।

केहि दिनपछि मुना विद्यालयबाट फर्किदा बलात्कृत भएको घटना सुनिन्छ । मुनालाई के थाहा “फूल चुड़ने बहानामा आफैलाई चुड्ने दाउ खोजिरहेको रहेछ” उसले ।
एउटा फूल चुड्दा त चुड्नु हुँदैन भनि युवकलाई सिकाउने मुनालाई नै फूल बनाई चुड्ने नरपिचासलाई सिकाउने कोही थिएनन् कि !


अङ्कुर चन्द
कञ्चनपुर, सुदुरपस्चिम
(सुदुरपस्चिमबाट हामीलाई नियमित रुपमा सुन्दर साहित्यिक रचना पठाउनु हुने अंकुर चन्द  प्रति हार्दिक आभार ब्यक्त गर्दछौ । –www.lekhapadhi.com, लेखापढी म्यागजिन)


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •