प्रदेश १ मन्त्रिपरिषद विस्तार: संकटमा साथ दिएकाहरुलाई मन्त्री, लिए शपथ


[ss_social_share]
लेखक : लेखापढी      १३ चैत्र २०७७, शुक्रबार १३:४७ मा प्रकाशित     
प्रदेश १ मन्त्रिपरिषद विस्तार: संकटमा साथ दिएकाहरुलाई मन्त्री, लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । तत्कालीन नेकपामा देखिएको आन्तरिक कलहका कारण माओवादीतर्फका मन्त्रीले छाडेपछि खाली रहेको मन्त्रालयमा मुख्यमन्त्री शेरधन राईले नयाँ मन्त्री नियुक्ति गरेका हुन्।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् ।

मन्त्रिमण्डलका  माधव नेपाललाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आएका र माओवादी छाडेर एमाले भएका प्राथमिकतामा छन्।नयाँ मन्त्रीहरूमा भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङ पनि परेका छन् । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •