ज्योती लाइफको आइपिओ आज बाँडफाँड हुँदै, १२ लाख ४८ हजारले शेयर नपाउने


लेखक : लेखापढी      १३ चैत्र २०७७, शुक्रबार ११:२८ मा प्रकाशित     
ज्योती लाइफको आइपिओ आज बाँडफाँड हुँदै, १२ लाख ४८ हजारले शेयर नपाउने

ज्योति लाइफ इन्सुरेन्सको आइपीओ केहीबेर पछि आज शुक्रबार (चैत्र १३ गते) बाँडफाँड हुदै छ ।

 बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार दिउँसो १२ :३० बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ  बाँडफाँड गर्ने तयारी गरेको हो । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार (आज) ज्योति लाइफको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने कार्यक्रम छ । ज्योती लाइफको आइपिओमाकुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  आईपिओमा १८ लाख ४२ हजार ४ सय ६९ जना आवेदकले आवेदन दिएका छन् । लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १६ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो । 

ज्योतिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउने भाग्यमै पर पर्नुपर्ने भएको छ । १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका हुन । यो मागको तुलनामा ६.४ गुणा बढी हो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •