डाक्टरको पीडा:


[ss_social_share]
लेखक : लेखापढी      १२ चैत्र २०७७, बिहीबार १२:५७ मा प्रकाशित     
डाक्टरको पीडा:

कयौं वर्षको अथक परिश्रम पश्चात्
रगत र पसिना एक गरेर डाक्टर भएको त्यो व्यक्ती
देश र जनताको सेवा गर्न निस्वार्थ भावले अघि बढ्दै गर्दा,
बिरामीको औषधि उपचार गर्दिन त सक्छ
तर
जन्म र मरणको अद्भूत खेलमा
कसैलाई दीर्घायुको ग्यारेन्टी दिन  सक्दैन।

दिर्घायुको ग्यारेन्टी दिन नसकेकै कारण
आँधिवेरी झैं गडगडाउने मान्छे,
बिना कारण डाक्टर माथी ढुङ्गा उठाउँछन् यहाँ,
कलह र अशान्ति मचाउदै
तितो बचनले प्रहार गर्दै डाक्टर पेशाको उल्लङ्घन गर्छन्
अझै ताल परे त उसैमाथि जाइलाग्छन् यहाँ ।

कठै ! मेरो देशको भाग्य,
अरुको ज्यान बचाउने प्रण लिएर अघि बढेको मान्छे
आज स्वयं असुरक्षित महसूस गर्दैछ,
जटिल अवस्थाको बिरामी छुन डराउदै छ
दिनहुँ डर र त्रासको बिचमा पिल्सिएरै भए पनि सेवा गर्दै छ।

कसैको दिन सकिएर, काल आउँछ,
बिरामीलाई लिन आएको त्यो अप्रिय कालसंग
अन्तिम समय सम्म लड्छन् डाक्टर,
लडाइमा
कहिले डाक्टरले जित्छन् त कहिले कालले।

डाक्टरले जित्दा फुलमाला  लगाइदिने,
कालले जित्दा,
डाक्टरलाई नै कालसंग पठाइदिन हर्दम प्रयास गर्ने
कस्तो नैतिकता हो यो?
अनि यस्तो कुहर्कत,
आखिर कहिले सम्म त?? 

बिन्ती छ,
एउटा निर्दोष डाक्टरको अस्तित्वमा
औँला ठड्याएर महान् बन्न नखोज्नुस्
दिनरात घर परिवार नभनी सेवा गर्ने
उसको सपना छताछुल्ल बनाएर विद्वान बन्न नखोज्नुस्,

सबैको ज्यान बचाउन
हर्दम लागि पर्ने डाक्टरको मनोबल बढाउन चाल चल्नुहोस्

देशको स्वास्थय क्षेत्र बिकासकोलागी
अमुल्य योगदान दिनुहोस्।


आयुष बडाल
धुलिखेल, काभ्रे
अध्ययन: काठमाडौ युनिभर्सिटी
100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •