भारतले अकस्मात् काेराेना खाेप (कोभिशील्ड)को निर्यातमा लगायाे अस्थायी रोक


भारतले अकस्मात् काेराेना खाेप (कोभिशील्ड)को निर्यातमा लगायाे अस्थायी रोक

भारत सरकारले अकस्मात कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ । बढ्दो संक्रमणका कारण आगामी केही साता भारतमा आन्तरिक खपत बढ्ने भन्दै खोप निर्यातमा अस्थायी रोक लगाएको हो ।

भारतको विदेश मन्त्रालयले अष्ट्राजेनिकाको खोप तत्काललाई निर्यात नगर्ने निर्णय लिएको समाचार मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले सम्प्रेषण गरेको छ । 

प्रतिडोज चार डलरमा किनिएको २० लाख मात्रामध्ये आधा पठाइसकेको कम्पनीले नेपाल सरकारलाई कोभिशील्ड खोपको बाँकी १० लाख मात्रा आपूर्ति गर्न बाँकी नै छ ।

तर भारत सरकारले नै अकस्मात् कोभिशील्डको निकासीमा अस्थायी रोक लगाउने भनेपछि नेपालको अन्योल झनै बढ्ने देखिन्छ । भारतले हालसम्म ७६ देशहरुमा ६ करोडभन्दा बढी डोज कोरोनाविरुद्धको खोप निर्यात गरिसकेको छ । जसमा सबैभन्दा धेरै मात्रा अक्सफोर्ड–एष्ट्राजेनिकाकै रहेको छ । 

भारतको विदेश मन्त्रालय स्रोतले बीबीसीलाई बुधवार बताएअनुसार अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि उसले अस्थायी रोक लगाएको छ।

भारतभित्रै कोभिड भएका मानिसको सङ्ख्या बढ्न थालेको साथै त्यहाँ एप्रिल १ तारिखदेखि ४५ वर्षभन्दा माथिका मानिसलाइ खोप लगाइने भएकाले घरेलु माग धान्न धेरै खोप भारतमै आवश्यक पर्ने बताइएको छ।

भारतको यो कदमले एप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ।

यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्न सक्ने सम्भावना छ। Agency