भागरथी हत्या प्रकरण: मृतककाे स्वाबमा भएकाे डिएनए अभियुक्तको डिएनएसँग मिल्याे


[ss_social_share]
लेखक : लेखापढी      १२ चैत्र २०७७, बिहीबार १४:०५ मा प्रकाशित     
भागरथी हत्या प्रकरण: मृतककाे स्वाबमा भएकाे डिएनए अभियुक्तको डिएनएसँग मिल्याे

बैतडीकी १७ वर्षीया भागरथी भट्ट बलात्कार र हत्या प्रकरणमा अनुसन्धानको महत्वपूर्ण पक्ष मानिएको भजाइनल स्वाबको डिएनए परीक्षणको रिपोर्ट आएको छ ।  भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ ।

केन्द्रीय प्रहरी  विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता मुकेशकुमार सिंहले बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भजाइनल स्वाबको डिएनए रिपोर्ट प्राप्त भएको जानकारी दिए।

प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।

बीचमा अभियुक्तका आफन्तले घटनालाई अन्तै मोड्न उनले बयान फेरेको बताए पनि यो प्रमाणले पनि उनैलाई दोषी देखाएको प्रहरीको भनाइ छ ।

भागरथीको हत्यामा संलग्न भन्दै प्रहरीले उनकै भाइ नाता पर्ने किशोरलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको थियो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी २२ माघमा घरबाट विद्यालय गएकी थिइन् । तर, फर्किएर आउन पाइनन् । २३ माघमा उनको शव खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •