भारतीय जेलमा ४० बर्ष बिताएका दुर्गाप्रसादले पाउनुभयो नागरिकता


[ss_social_share]
लेखक : लेखापढी      १२ चैत्र २०७७, बिहीबार १३:०३ मा प्रकाशित     
भारतीय जेलमा ४० बर्ष बिताएका दुर्गाप्रसादले पाउनुभयो नागरिकता

इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दिपक)ले नागरिकताको प्रमाणपत्र पाउनु भएको छ ।
४० वर्ष भारतको कोलकातामा जेल जीवन भोगेर केहि दिन अघि माई नगरपालिका १० मा रहेको घर आईपुग्नु भएका दुर्गाप्रसाद तिम्सिना (दिपक)ले आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकताकाे प्रमाणापत्र लिनुभएको हो । उहाँको नागरिकता नम्बर ०३-०७-३२५१ रहेको छ। । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले उहाँलाई नागरिकताको प्रमाणपत्र दिनु भएको हो । नागरिकता पाए पछि तिम्सिनाले आफूलाई खुशी लागेको बताउनुभयो । २०१७ साल साउन २० गते जन्मनु भएका तिम्सिनाको जन्म दर्ता, नागरिक्ता अहिले सम्म थिएन । तिम्सिनाको उपचार लगायत अन्य प्रक्रियाका लागि नागरिक्ता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिक्ता बनाइएको हो ।
माई नगरपालिका १० नम्बर वडा कार्यालयबाट हिजो (बुधबार)नै दुर्गा प्रसादको नागरिक्ता बनाउनका लागि आवश्यक कागजपत्र तयार पारिएको थियो ।
जन्म दर्ता समेत नभएका तिम्सिनाको वडा कार्यलयमा बिवरण राखी तीन जनाको नाता प्रमाणि र नागरिक्ताका लागि सिफारिस पत्र तयार पारिएको दर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले जानकारी दिनु भयो । भाई प्रकाश चन्द्र शर्मा , भतिज गोपाल तिम्सिना र दुर्गा तिम्सिनाको नाता प्रमाणित गरिएको वडा कार्यालयले जनाएको छ । भारतमा जेल बस्दा दिपक जैसी नामले चिनीए पनि उहाको नागरिक्ता दुर्गा प्रसाद तिम्सिनाकै नामबाट बनाइएको हो ।

के छ त दुर्गा प्रसादको अवस्था ?

केहि दिन अघि जेल मुक्त भई घर आउनु भएका दुर्गा प्रसाद बिस्तारै घरपरिवार , आफन्त संग घुलमिल हुँन थाल्नु भएको छ ।
घर आउदा टोलाएर मात्र बस्ने तिम्सिना बिस्तारै बोल्ने, खुलेर आफना कुरा भन्ने जस्ता कार्य गर्न थाल्नु भएको छ । भतिज गोपालका अनुसार उहाको धेरै समय गीत गाएर बित्छ । गोपाल भन्नु हुन्छ ‘ठूलो बुवाले गीत गाएको सुन्दा मलाईनै रुन मन लाग्छ ।’ ‘बिरत्तीएका गीत मात्र गाउनु हुन्छ ’ गोपाले भन्नु भयो ।
दुर्गा प्रसादले आफुलाई पेट दुख्ने, टाउको दुख्ने ,आँखा दुख्ने , ढाड दुख्ने र दिमागमा समेत समस्या रहेको बताउनु भएको भतिज गोपालले जानकारी दिनु भयो ।

सानै उमेरमा भारतको दार्जिलिङ गएपछि सन १९८१ मा हत्या अभियोगमा उहा दार्जिलिङ जेल पर्नु भएको थियो । त्यसपछि २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता जेल लगिएको थियो ।
दीपक जैसी नामले चिनिने तिम्सिना कोलकातास्थित दमदम सेन्ट्रल जेलमा ४० बर्ष बस्नु भएको थियो । उहा केहि दिन अघि जेलबाट छुटेर घर आउनु भएको छ ।
इलामको एकतप्पाबाट २०३७ सालको अन्तिमतिर कामको खोजीमा दिपक दार्जिलिङ जानु भएको थियो । सामान्य लेखपढ भएका दिपक घरायसी गुर्जो टार्नका लागि कामको खोजीमा त्यहाँ पुग्नु भएको परिवारको दावी छ ।
सन १९८० मे ११ मा दुर्गाप्रसादविरुद्ध दार्जिलिङ पुलिस कार्यालयमा जाहेरी दर्ता भएको थियो । दार्जिलिङका नैने घले नाम गरेका व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अरोपमा जाहेरी दिए पछि भारतीय प्रहरीले उहालाई पक्राउ गरेको थियो । २०६९ सालमा ‘दीपक जैसी तिम्सिना’ले पठाएको पत्र घरमा आएको थियो । उक्त चिठीको व्यहोराअनुसार खोजतलास प्रक्रिया शुरु भएको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रेम अधिकारी ले लेखेका छन् । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •