लघुकथा समाजले विमल र मधिकर्मीलाई सम्मान गर्ने निर्णय


लघुकथा समाजले विमल र मधिकर्मीलाई सम्मान गर्ने निर्णय

काठमाडौँ- लघुकथा, समाज नेपालले यस वर्ष वि.स. २०७७ का लागि सावित्री केशर कथा सम्मान डा. राजेन्द्र विमललाई र बाटुली खिलध्वज लघुकथा सम्मान लघुकथाकार ध्रुव मधिकर्मीलाई प्रदान गर्ने भएको छ ।

नेपालीको राष्ट्रिय चेतनाको निर्माणमा महत्वपूर्ण योगदान दिएकोमा डा. विमललाई र नेपाली लघुकथा लेखनका क्षेत्रमा तीसको दशकदेखि निरन्तर सक्रिय रहेर सिर्जना एवम् संगठनका माध्यमबाट महत्वपूर्ण योगदान दिएकोमा ध्रुव मधिकर्मीलाई सम्मान गरिन लागिएको हो ।

दुवै सम्मानको राशि रु. पन्ध्र हजार एक सय एक रहेको र सम्मान निकट भविष्यमा प्रदान गरिने समाजले बताएको छ ।