काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–५ का मुसाफिर झा र उनकी पत्नी गीतादेवी मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको त्रिपुरा गाउँपालिका–२ मा उनीहरुको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर र ६० वर्षीया गीतादेवी ओछ्यानबाटै बेपत्ता भएका थिए ।