लाईसेन्स छपाई बन्द, मेसिन छ तर स्मार्टकार्ड छैन: यातायात व्यवस्था विभाग


[ss_social_share]
लेखक : लेखापढी      ११ चैत्र २०७७, बुधबार १३:४२ मा प्रकाशित     
लाईसेन्स छपाई बन्द, मेसिन छ तर स्मार्टकार्ड छैन: यातायात व्यवस्था विभाग

काठमाडौं । स्मार्ट कार्डको अभावले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभावमा छपाई बन्द भएको हो । स्मार्टकार्ड नहुँदा ३ लाख १० हजार सवारी लाइसेन्स यातायात व्यवस्था विभागमै थन्किएका छन् । 

यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेलका अनुसार- “कोरोना महामारी पछि नयाँ स्मार्ट कार्ड खरिद गर्ने प्रक्रिया अघि बढाउन सकिएन । नयाँ लाइसेन्स छाप्ने मेसिन नहुँदा समस्या भएको थियो । अहिले नयाँ मेसिन त आयो तर, स्मार्टकार्ड छैन ।”

विदेश जानका लागि अत्यावश्यक छपाई भने गरिँदै आएको विभागले जनाएको छ । ‘स्टक’मा राखिएका ‘स्मार्टकार्ड’ सकिँदा लाइसेन्स छपाई कार्य अवरुद्ध भएको यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल बताउँछन् । स्कटमा राखेका स्मार्टकार्ड सकिदा लाइसेन्स छपाइमा समस्या आएको उनी बताउँछन् ।  कोरोना महामारीपछि नेपालमा स्मार्टकार्डको आयात हुन सकेको छैन ।

कोरोना पछि पाँच लाख नयाँ आवेदन
विभागका अनुसार कोरोना महामारीपछि मात्रै पाँच लाख सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिएका छन् । कोरोना महामारीमा बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु गरिएको थियो ।  

हालसम्म ट्रायलको परीक्षा दिने मध्ये चार हजार पाँचसयले पास गरेका छन् । ट्रायलको परीक्षा लिने क्रम भने रोकिएको छैन । एक पटक लिखित परीक्षा पास गरेपछि १८ महिनासम्म ट्रायल दिन पाउने व्यवस्था छ ।
 
९० दिनभित्र उपलब्ध हुने

स्मार्ट लाइसेन्स कार्ड ९० दिनभित्र उपलब्ध हुनेगरी नयाँ टेन्डर जारी गरिएको इञ्जिनयर पोखरेल बताउँछन् । उनले भने, “स्मार्टकार्ड आएपछि लाइसेन्स छपाई सुरु गर्छौं । अहिले हामीले विदेश जाने लगायत अत्यावश्यक सेवाग्राहीलाई मात्रै सवारी लाइसेन्स उपलव्ध गराउन सक्छौँ ।” फ्रान्सेली कम्पनीसँग विभागले १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी सम्झौता गरिसकेको छ ।

विभागका अनुसार ९० दिनसम्ममा नयाँ टेण्डर प्रक्रियाबाट स्मार्ट कार्ड आउने छ । त्यसपपछि लगत्तै छपाई सुरु हुने छ । छपाई सुरु भएपछि ट्रायल पास गरेको एक महिनाभित्र लाइसेन्स वितरण गर्ने विभागको दाबी छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •