पठाओ राइडरले कम्पनीको लोगोअङ्कित ज्याकेट र ट्राउजर लगाउन निषेध


लेखक : लेखापढी      ११ चैत्र २०७७, बुधबार ००:१८ मा प्रकाशित     
पठाओ राइडरले कम्पनीको लोगोअङ्कित ज्याकेट र ट्राउजर लगाउन निषेध

काठमाडौं । धेरै विवादका बीच अन्ततः सेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगोअङ्कित कुनै पनि कपडा नलगाउन ह्वीप जारी गरेको छ ।  कोभिड कालमा स्वास्थ्य सुरक्षाका लागि आवश्यक प्रोटोकलको रुपमा  कम्पनीले राइडरहरुलाई कम्पनीको लोगो अंकित पीपीईको ज्याकेट, ट्राउजर वितरण गरेकोमा अहिले त्यसैले समस्या निम्तिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म उक्त कपडा नलगाउन राइडरहरुलाई कम्पनीले निर्देशन दिएको हो । 

साथै उक्त सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने जानकारी विज्ञप्तिमा उल्लेख छ । तर, कम्पनीको लोगो अंकित कुनै पनि कपडा (एप्रोन) मा बन्देज गरिए पनि राइड सेवा भने निर्वाध चल्ने कम्पनीले जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •