ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान भइरहने: गगन थापा


[ss_social_share]
लेखक : लेखापढी      १० चैत्र २०७७, मंगलवार १५:१४ मा प्रकाशित     
ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान भइरहने: गगन थापा

मुख्य प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् । थापाले संसद्सँग बदला लिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको अपमान गरिरहेको आरोप लगाएका हुन । मंगलबार प्रनिनिधिसभामा बोल्दै सांसद् थापाले ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान भइरहने बताए ।

‘हामी स्पष्ट छौँ, जतिदिन यो सरकार रहन्छ, संसदको तिरस्कार र अपमान र उपेक्षा गर्ने क्रम बढ्दै जान्छ किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ,’ उनले भने, ‘यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन्। किनकि यो संसद् र सांसदको अपमान हो।’  

प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको उनको टिप्पणी छ ।

‘कहिले संसद छल्न हठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लागउन संसद भंग अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च गरिँदैछ’ उनले भने ।

ओलीले आफूले चालेको प्रतिनिधिसभा विघटनको कदमलाई सही साबित गर्न संसद्लाई कामविहीन बनाएको थापाको दाबी छ। 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •