युवतीको मृत्युपछि तनावग्रस्त कैलालीको लम्कीमा गोली चल्यो, २ जना घाइते


[ss_social_share]
लेखक : लेखापढी      १० चैत्र २०७७, मंगलवार १३:१७ मा प्रकाशित     
युवतीको मृत्युपछि तनावग्रस्त कैलालीको लम्कीमा गोली चल्यो, २ जना घाइते

धनगढीः बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा गोली चलेको छ। 

बसको ठक्करबाट एक युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा  प्रहरीले गोली चलाएको हाे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले लम्की क्षेत्रमा तनाव बढेपछि स्थिति नियन्त्रणमा ल्याउन हवाई फायरिङ गरेको बताए ।  

मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।

तनाव बढेपछि बल प्रयोग गरेको र केही सेल अश्रुग्यास समेत प्रहार गरेको प्रहरी निरीक्षक थापाले बताए । 

ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ। 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •