नेकपा खारेज गर्ने सर्वाेच्चकाे फैसलामा माओवादी केन्द्र पुनरावलोकनमा जाने


नेकपा खारेज गर्ने सर्वाेच्चकाे फैसलामा माओवादी केन्द्र पुनरावलोकनमा जाने

सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलामा पुनरवलोकनमा जानुपर्ने नेकपा माओवादी केन्द्रको निष्कर्ष रहेको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको    हो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ ।

मंगलबार सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल गरेपछि माओवादी केन्द्रले यस्तो निष्कर्ष निकालेको हो । कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायतले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवलोकन गर्न सुझाव दिएका थिए ।

नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसला पुनरवलोकनमा जाने विषयमा आफूहरु सकारात्मक रहेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।