नागरी लिपी सम्मेलन भारतमा सम्पन्न: १५ देशका विद्वानको सहभागिता


[ss_social_share]
लेखक : लेखापढी      १० चैत्र २०७७, मंगलवार २३:३२ मा प्रकाशित     
नागरी लिपी सम्मेलन भारतमा सम्पन्न: १५ देशका विद्वानको सहभागिता

 चैत्र ८, काठमाडौँ-  मनुमुक्त मानव मेमोरियल ट्रष्ट, हरियाणा (भारत) ले अन्तर्राष्ट्रिय नागरी लिपी सम्मेलन गर्यो। सो सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले नागरी लिपी विश्वको समृद्ध लिपी भएको विचार राख्नु भयो । उप्रेतीले देवनागरी परिवारसँग सम्बन्धित भाषाका बारेमा भएको सम्मेलनले यस लिपीका भाषामा काम गर्ने मानिसका बिचमा सहकार्यको संस्कृतिमा जोड दिनुपर्ने कुरा बताउनु भयो । उहाँले संस्कृत, हिंदी, नेपाली, मैथिली, मराठी, भोजपुरी आदि अनेक भाषाहरूलाई देवनागरी लिपिले एकताको सूत्रमा बाँधेको तर्क राख्नुभयो ।

विश्वभरिबाट १५ देशका विद्वानको सहभागिता रहेको यस कार्यक्रमको अध्यक्षता नागरी लिपि परिषद्, नयाँ दिल्लीका अध्यक्ष एवम पूर्व कुलपति डा. प्रेमचंद पतंजलिले गर्नुभएको थियो । कार्यक्रममा हिन्दी साहित्य अकादमी, मरीशसका अध्यक्ष डा. हेमराज सुन्दर, हिंदी यूनिवर्स फाउंडेशन, एम्स्टर्डम (निदरलैंड) की अध्यक्ष डा. पुष्पिता अवस्थी, कोलम्बो (श्रीलंका) का डा. लक्ष्मण सेनेविराठने, आकलैंड (न्यूजीलैंड) का रोहितकुमार हैप्पी, कोलोन (जर्मनी) की डा. शिप्रा शिल्पी, पालम (दिल्ली) का डा. हरिसिंह पाल एवम् अहमदानगर (महाराष्ट्र) का डा. शहाबुद्दीन शेखले पनि अतिथि वक्ताका रुपमा सहभागिता जनाउनु भएको थियो ।

अखिल भारतीय साहित्य परिषद्, नारनौल (हरियाणा) का अध्यक्ष डा. जितेंद्र भारद्वाज द्वारा प्रस्तुत प्रार्थना गीत, मनुमुक्त मानव मेमोरियल ट्रष्टका चीफ ट्रस्टी डा. रामनिवास मानवको स्वागत भाषणमा सञ्चालित सो कार्यक्रमको सञ्चालन डा. पंकज गौडले गर्नुभएको थियो । कार्यक्रमको दोस्रो सत्रमा कविता कुम्भमा विभिन्न कविहरूले हिन्दीमा कविता पाठ गरेका थिए । कार्यक्रममा विभिन्न देशमा रहेर देवनागरी लिपीमा काम गर्ने विद्वान लेखकको महत्वपूर्ण सहभागिता रहेको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •