एमाले (नेपाल) पक्षिय युवा संघको सुदूरपश्चिम कञ्चनपुरबाट उदाए नव युवा


लेखक : लेखापढी      १० चैत्र २०७७, मंगलवार ०२:४५ मा प्रकाशित     
एमाले (नेपाल) पक्षिय युवा संघको सुदूरपश्चिम कञ्चनपुरबाट उदाए नव युवा

काठमाडौँ – नेकपा एमाले नेपाल पक्षीय राष्ट्रिय युवा संघको केन्द्रिय भेलाले सुदुरपस्चिम प्रदेशको कंचनपुर बाट दर्जनौ युवा नेताहरुलाई केन्द्रिय सदस्यमा चयन गरेको छ ।

सचिवमा कञ्चनपुरका युवा नेता रामचन्द्र रेग्मी सहित दर्जनौँ युवा संघका नेताहरु केन्द्रिय सदस्यमा चयन भएका छन । काठमाण्डौँमा सम्पन्न भएको राष्ट्रिय युवा संघका केन्दीय भेलाले नयाँ नेतृत्व चयन गरेको हो । 

राष्ट्रिय युवा संघ केन्द्रिय कमिटिको सचिवमा कञ्चनपुरका राष्ट्रिय युवा संघका नेता रामचन्द्र रेग्मी केन्द्रिय सचिव र केन्दीय सदस्यमा धुर्व खडका, भगत बस्नेत, हरिश भाट, मञ्जु धामी, प्रविन बोगटी, रविन्द्र देवकोटा, दिनेश भण्डारी, अशोक सार्की, नरेश लेखक, सञ्जु सिह, सुरेन्द्र शाही, अमर राना सहित चयन भएका छन ।

राष्ट्रिय युवा संघ केन्द्रिय सदस्यमा चयन भएका कञ्चनपुरका ससक्त नेता प्रबिन बोगटीले संगठनलाई एक ढिक्का बनाएर लग्ने प्रतिबद्धता जाहेर गरेका छन । प्रबिन बोगटी कंचनपुर युवा संघमा व्यापक जनसमर्थन सहितका प्रभाबकारी युवा नेतामा चिनिन्छन ।

75% LikesVS
25% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •