आगामी वर्ष २०७८ मा थप भए ४ दिन सार्वजनिक विदा


[ss_social_share]
लेखक : लेखापढी      ९ चैत्र २०७७, सोमबार १६:३८ मा प्रकाशित     
आगामी वर्ष २०७८ मा थप भए ४ दिन सार्वजनिक विदा

सरकारले चाडपर्व विदा थप गरेको छ । आगामी वर्ष २०७८ मा ४ दिन सार्वजनिक विदा थप गरिएको हो ।

यसअघि दिइदै आएको चाडपर्व विदामा चार दिन थप गर्दै घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि विदा दिने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ४ दिन विदा दिने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि विदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय विदा हुनेछ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •