राष्ट्रिय सूचना आयोगको मातृभाषाका सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न


लेखक : लेखापढी      ९ चैत्र २०७७, सोमबार २३:५६ मा प्रकाशित     
राष्ट्रिय सूचना आयोगको मातृभाषाका सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न

९ चैत्र, काठमाडौं । राष्ट्रिय सूचना आयोगले आज मातृभाषाका सञ्चारकर्मीसँग एक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्यो । आयोगका प्रमुख आयुक्त महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ हुनुहुन्थ्यो ।

मन्त्री गुरुङले कार्यक्रममा आफ्नो विचार राख्दै आम जनतासम्म सूचना पुग्न नसकेको कारण जनताले समस्या भोग्नुपरेकोमा सूचना आयोगका कामकारवाही तल्लो तहका जनतासम्म पुग्नुपर्ने बताउनु भयो । सञ्चारकर्मीले जनतालाई सुसूचित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सूचनाको नाममा गलत फाइदा लिने प्रवृत्तिलाई दुरत्साहित गर्नुपर्ने विचार राख्नुभयो ।

दुई सत्रमा सञ्चालित सो कार्यक्रमको दोस्रो सत्रमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव मुकुन्द शर्मा पौडेलले नेपालमा सूचनाको हक र यसको कार्यान्वयनको अवस्था विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि विभिन्न वक्ताले टिप्पणी गर्नुभएको थियो । दोस्रो सत्रको अध्यक्षता आयोगका रत्नप्रसाद मैनालीले गर्नुभएको थियो ।

गोरखापत्र, नयाँ नेपाल अन्तर्गतका ३८ भाषाका पृष्ठ संयोजक सहभागी रहेको सो कार्यक्रममा सूचनाको हकलाई विभिन्न मातृभाषाका माध्यमबाट आम जनताका बिचमा लग्नुपर्ने निष्कर्ष निकालिएको थियो । सूचना आयोगकी सदस्य कमला थापा ओली एवम् गोरखापत्र नयाँ नेपाल विभागका प्रमुख कुमार विवेकानन्द मिश्रले गोष्ठीमा सूचनाको हक र यसको कार्यान्वयनका विषयमा आफ्ना विचार राख्नुभएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •