रंगहरूको पर्व फागु अर्थात् होली आजदेखि विधिवत रुपमा सुरु भएको छ।
काठमाडौंको वसन्तपुर क्षेत्रमा आज चीर गाडेर होली पर्वको औपचारिक रुपमा सुरुवात भएको छ । रङ्गीचङ्गी कपडाले सजाइएको लिङ्गो ठड्याउने क्रममा अबिर दलेर होली सुरु भएको सङ्केत गरिएको थियो ।
बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठड्याइएको छ।
पर्व परम्पराअनुसार फाल्गुनशुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ । पहिले–पहिले आठै दिन धुमधामसँग एकाआपसमा रंग, अबिर छ्यापी होली खेलेर वसन्तऋतुको स्वागत गर्ने चलन रहेको संस्कृतिविद्हरू बताउँछन् । पछिल्ला दिन भने पूर्णिमाको दिन मात्रै फागु मनाउने गरिन्छ । फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ।