राप्रपा नेपालको तोकिएकै समयमा महाधिवेशन हुन्छ : कमल थापा


[ss_social_share]
लेखक : लेखापढी      ८ चैत्र २०७७, आईतवार ००:१० मा प्रकाशित     
राप्रपा नेपालको तोकिएकै समयमा महाधिवेशन हुन्छ : कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तोकिएकै समयमा महाधिवेशन हुने बताएका छन्। आज (शनिबार) राप्रपा चितवन पार्टी कार्यालयमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैशाखको २५ गते नै महाधिवेशन हुने बताएका छन्। 

एकता महाधिवेशन पार्टीको इतिहासमा मात्र नभई नेपालको राष्ट्रिय राजनीतिमै कोशे ढुङ्गा सावित हुने थापाले विश्वास व्यक्त गरे। तोकिएको समयमा महाधिवेशन नभए पार्टीले ठूलो क्षेति बेहोर्नु पर्ने उनले जिकिर गरे, जसकारण महाधिवेशनलाई राप्रपाले प्राथमिक्तामा राखेको उनको भनाइ छ। 

उनले भने, “अबको एक वर्षपछाडि स्थानीय चुनाव हुँदै छ। कुनै पनि समय संसदीय चुनाव हुन्छ। बैशाखमा महाधिवेशन हुन सकेन भने बर्खा र चाडपर्वले बिथोलछ। स्थानीय चुनावमा राम्रो परिणम नआए संसदको चुनावलाई असर गर्छ। तर्सथ स्थानीय चुनावलाई पर्याप्त समय पुगोस् भनेर हामीले बैशाखमा महाधिवेशन गर्नु नै पर्ने जरुरी छ।”

अध्यक्ष थापाले टुक्राटुक्रामा विभाजित भएर देशमा हिन्दु राष्ट्र र राजतन्त्र स्थापना गर्न नसक्ने भन्दै राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरू राप्रपाको नेतृत्वमा राप्रपाको छाताभित्र एकताबद्ध हुन आवश्यक रहेको बताए। राष्ट्रवादी संघर्षका लागि राप्रपामा संलग्न हुँदा हीनताबोध नगर्न उनले आग्रह गरेका छन्। 

थापाले भने, राप्रपा नै त्यो शक्ति हो जसले हिजो अत्यन्तै कठिन अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको झिल्कोलाई बचाइराखेको छ। साथै उनले महाधिवेशनपश्चात् देशव्यापी रूपमा हिन्दु राष्ट्र र राजतन्त्र स्थापनका लागि संघर्ष गर्ने जानकारी दिएका छन्। भ्रष्टाचार कुशासन धर्मपरिवर्तन सर्वसत्तावादको विरुद्धमा देशव्यापी रुपमा जनप्रदर्शन गर्ने उनको भनाइ थियो।
-ratopati 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •