नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोध्‍ने एमाले केन्द्रीय समितिको निर्णय


[ss_social_share]
लेखक : लेखापढी      ७ चैत्र २०७७, शनिबार १९:३५ मा प्रकाशित     
नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोध्‍ने एमाले केन्द्रीय समितिको निर्णय

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘केन्द्रीय कमिटी’ बैठकले नेपालसहित  भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले बताए ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच शनिबार बसेको बैठकले नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो, त्यसमा चार मुख्य जिम्मेवार रहेको बालुवाटार बैठकको ठहर छ । भेला नगर्न निर्देशन हुँदाहुँदै नेकपा एमालेको व्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
पार्टीमा एक्लौटी गरेको भन्दै ओली पक्षले बोलाएका सबै बैठक बहिस्कार गर्दै आएको नेपाल पक्षले आजको केन्द्रीय कमिटी बैठक पनि बहिस्कार गरेको छ।
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले ती नेताहरुलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए कारबाही हुने बताएका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •