पहिले पहिले म भोकाउदा
खाना पाउथे पेट भर्दथे
भोक मर्दैनथ्यो,
पहिले पहिले…
अहिले भोकाउदा यो पेटले
भोखलाई सम्झिन्छ
खानालाइ हैन,
अहिले भोकाउदा…
अहिले पेट भरिदैन
तर भोख भरिन्छ,
अहिले पेट…….
यहाँ रोग मर्दैन
रोगिहरु मारिन्छन,
यहाँ रोग मर्दैन
मारिन्छन त ती रोगिहरु,
भोलिका दिन खाली पेट पनि
कोहि भोको रहदैन,
भोलिका दिन…….
किनकी भोखले रोग खान्छ
र रोगले मान्छे,
मान्छेले भोक सहन्छ,
आँसु पिउछ
तर पानी पुछ्दछ…
उस्ले आँसु पिउछ
तर पानी पुछ्दछ…
लोक राज जोशी
गुलरिया, कंचनपुर