बजार – कविता


[ss_social_share]
लेखक : लेखापढी      ७ चैत्र २०७७, शनिबार १२:४८ मा प्रकाशित     
बजार – कविता
युद्धमा पलायन गरेका मानिसहरू 
पूर्वाञ्चलमा विसाई रहेका छन ।
बजारहरू त्यहिँ बसेका छन 
बार बार बजारहरू बसेका छन उठेका छन ।
नानान वर्णका मानिसहरू कहाँ जाँदैछन ॽ 
उनिहरू एकछिन विसाउँदा 
बजारहरू बसेका छन ।
बार बार बजारहरू बसेका छन उठेका छन ।
नानान वर्णका मानिसहरू कहाँ जाँदैछन ॽ 
हामी देखि रहेका छौं
मान्छेहरू एकछाक खाईवरि हाइ काडेर विसाई रहेका छन् ।
त्यहिँ गुन्द्री ओछ्याएर विसाई रहेका छन ।
मान्छेहरू कहाँ जान्छन ॽ
हामी जान्दैनौं 
मान्छेहरू कहाँ जान्छन ।
आए होलान कोहि सागर पारीबाट ।
आए होलान पहाड उक्लिएर
अनि कोही आए होलान नदि तरेर ।
कोहि कास्पियन सागर तरेर आए होलान।
कोहि आए होलान भियतनाम अनि वर्मा देशबाट।
चीन तिब्बत भारत भुटान नेपाल आर्यवर्त ।
दक्षिनात्य र उत्तरायन बाट आएका मान्छे विसाउँदा
 बजारहरू बसेका छन् ।
कसैले वस्तुहरू बिक्री गर्न
अनि कसैले वस्तुहरू किन्न 
बजारहरू बसे ।
असलमा बजारहरू बसेका होइनन
युद्धमा पलायन गरेका मानिस ।
त्यहिँ एकले वस्तुहरूको पसल खोल्यो ।
कसैले वस्तुहरू बिक्री गर्न
अनि कसैले वस्तुहरू किन्न 
बजारहरू बसे ।
बजारहरू बार बार बसेका छन्
बजारहरू बार बार उठेकाछन ।
मानिसहरू कहाँ जान्छन ॽ
बजारहरू अनिश्चित छन ।
मानिसहरू पनि वृत्ताकार पृथिवीसँग
घूमि रहेका छन् ।
वृत्ताकार पृथिवी घूमिरहेको छ
पूर्वबाट पश्चिम
पश्चिमबाट पूर्व ।
उत्तर दक्षीण
की उर्ध अध ।
मानिसहरू पनि वृत्ताकार पृथिवीसँग
घूमि रहेका छन् ।
अझ मानिसहरू युद्धमा पलायन गरेका ।
मानिसहरू यात्रा पथका यात्री ।
यसरी नै बजारहरू बसेका छन् ।


योगप्रसाद उपाध्याय चापागाईं
दिङला, भोजपुर ।
(अनुवाद कविता)
100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •