अङ्कुर चन्दका “तीन मुक्तक”


लेखक : लेखापढी      ७ चैत्र २०७७, शनिबार १४:५६ मा प्रकाशित     
अङ्कुर चन्दका “तीन मुक्तक”
                              (१)
यस्तै सधैँ कहिलेसम्म पछारिन्छौं तिमी !
राजनीतिको फोहोरले बढारिन्छौं तिमी !
उठ ! आफ्नो चेतनाको प्रयोग गरी हिँड,
उसको इशारामा किन? मारिन्छौं तिमी !
                               (२)
कैलेसम्म तिम्राे राज चलिराख्छ यो माटोमा ।
आँशुभित्र मुटु राखि जलिराख्छ यो माटोमा ।
विश्वास देऊ ! परिश्रमी हातहरू उठाउँछौं,
नैतिकता सधैँ किन ढलिराख्छ यो माटोमा ।
                  (३)
जिन्दगीलाई पैसामा जोख्नु हुँदैन ।
व्यर्थै आँखाबाट आँशु पोख्नु हुँदैन ।
राम्राे सोची अघि बढाउ सधैँ पाइलाहरू
एउटा ठेस लाग्दा गति रोक्नु हुँदैन ।

अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम 


अंकुर चन्दका तीन मुक्तक


100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •