मार्मिक तस्विर: लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      ७ चैत्र २०७७, शनिबार १३:४१ मा प्रकाशित     
मार्मिक तस्विर: लघुकथा

“दिदी ! हजुरलाई के उपहार ल्याइदिउँ ?”मामाले आमालाई फोनमा सोध्दै हुनुहुन्थ्यो ।

आमाले फेसबुक चलाउन मिल्ने राम्रो मोबाइलको इच्छा प्रकट गरेपछि घरमा मोवाइल आईपुग्यो । आमा खुशीले फुरूङ्ग हुँदै भन्नुभयो “ला कान्छा ! मेरो फेसबुक आइडी खोलिदे ।”

नजिकै बस्नुभाको बुबा मुसुमुसु हाँस्नु भयो । मैले भनेँ “किन खोल्नुपर्यो फेसबुक ? चलाउन् आउँदैन्, बेकारको समय बर्बाद । पचपन्न कटेकी मेरी आमाको अनुहारमा एक्कासी निराशा छायो ।

“खोल्दे न त । सिक्नुहुन्छ ,चलाउनु हुन्छ ।” आमालाई खुशी पार्न दिदीले भनिन् ।

“मेरा साथीहरूले पनि फेसबुक खोलेका छन् । उनीहरूले जस्तै लाइक थिच्न र तस्वीरमा लेख्न त म पनि किन नसकुँला ?

“तिम्रो पढाइ लेखाइ छैन, कसरी चलाउँछ्यौ फेसबुक ?” बुबाले व्यङ्ग हान्नुभयो ।

आमाले यो पटक चाहिँ दह्रो आत्मबल देखाउँदै भन्नुभयो “मेरा साथीहरूले पनि फेसबुक खोलेका छन् । उनीहरूले जस्तै लाइक थिच्न र तस्वीरमा लेख्न त म पनि किन नसकुँला ?”

आमाको मन राख्न मैले फेसबुक खोलेँ । आमा थरिथरिका पोजमा फोटो खिच्न थाल्नुभयो ।

आमाको छनोट अनुसार कालो चश्मा टाउकोमा, आधुनिक पोशाक लगाएको फोटो प्रोफाइल पिक्चरमा राखिदिएँ ।

“अब कति जना ढल्ने भए बुढीको फोटो देखेर ।” बुबाले व्यङ्ग गर्नुभयो ।

आमाबुबाको एकछिन जुहारी चल्यो । आमाको छनोट अनुसार कालो चश्मा टाउकोमा, आधुनिक पोशाक लगाएको फोटो प्रोफाइल पिक्चरमा राखिदिएँ ।

आमाको फोटोमा लाइक, कमेन्टको वर्षा भयो । नाइस पिक्चर लुकिङ्ग ग्रेट, सुन्दर तस्विर, वाह ! दामी !! जस्ता कमेन्ट आउँदा आमा मख्ख पर्नुभयो ।

“ला ला कान्छा ! क-कस्को लाइक र कमेन्ट आयो, हेर त ।” भन्दै मेरो नजिक आउनु भयो ।

आमाको फेसबुक लत चरम सिमामा पुग्यो । भान्सामा खाना डढन् थाल्याे । यो पटक कमेन्टमा एउटा स्वाँठले लेखेको रहेछ, “मार्मिक तस्विर ।”


तारा केसी
काभ्रे, पनौती


(“आधुनिक नेपाली लघुकथा समूह”सँगको सहकार्यमा हरेक हप्ता सोमबार र शनिबार लघुकथा प्रकाशन गर्ने गरेका छौ , साहित्यिक श्रस्टाहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ – हेरिटेज मिडिया नेटवर्क , lekhapadhi.com )


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com


आलुकाे महिमा : लघुकथा

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •