महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा: अब राजनीतिमै फर्किने


[ss_social_share]
लेखक : लेखापढी      ६ चैत्र २०७७, शुक्रबार १५:१२ मा प्रकाशित     
महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा: अब राजनीतिमै फर्किने

महान्यायाधिवक्ता अग्नि खरेलले आफू अब राजनीतिमा फर्किने बताएका छन् । शुक्रबार राजीनामा घोषणा गरेका उनले अब बाँकी जीवन राजनीतिमै लगाउने बताएका हुन् । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरेर खरेलले आफूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको जानकारी गराए । ‘प्रधानमन्त्रीलाइृ भेटेर राजीनामा दिएर आएको छु’ उनले भने ‘प्रधानमन्त्रीसँग छलफल गरेर यो (राजीनामा) गरेको छु ।’

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •