धादिङकाे सल्यानटारमा डोजरकाे ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई सिआइबीले पक्राउ गरेको छ।
कञ्चनपुर बोर्डरबाट सिआइबीले चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको डिआइजी सहकुल थापाले बताए ।
जिल्लाको खोल्सी जिपजिपेमा १७ फागुनमा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । त्यसपछि बाटो खन्दै गरेका डोजर चालक भीमबहादुर बुढाथोकीले उद्दार गर्नु साटो वरिपरीको माटो ल्याएर उनलाई खाल्डोमा पुरिदिएका थिए ।
तर, स्थानीयले थाहा पाएलगत्तै दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकी फरार भएर भारत पुगेको पाइएको हो ।
सिआइबीले आज पत्रकार सम्मेलन आयोजना गर्दै उनलाई भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिआइजी थापाले जानकारी दिए ।