बैतडी जिल्लाको मेलौली नगरपालिका वडा न ०६ हतरङ्गा बस्ने २० बर्षिय अनिल भट्टलाई मध्य स्थानिकाको क्यान्सर भएको छ ।
बिगत नौ महिना देखि काठमाण्डौका विभिन्न अस्पतालमा उपचार गरिरहेको उनि बताउछन्। उपचारको क्रममा उनले आठ लाख रुपैयाँ भन्दा बढि खर्च गरिसकेको उनले बताएका छन्।
उनको अहले भक्तपुर क्यानसर अस्पतालमा उपचार भैरहेको र आर्थिक अभाबको कारण उपचार गर्न निकै गार्हो भई उपचार सम्भव नभएको पिडित भट्टले बताएका छन्।
घरको एक्लो छोरा त्यही छोरा पनी जिवन मृत्यु सङ्ग लडिरहदा घरका परिवार बेसहरा झै बनेका छन् ।
पिडित भट्टका बुवा कृषि गर्ने गर्छन, त्यसबाट घर खर्च समेत चलाउन निकै धौ-धौ हुने हुदांँ झन त्यसमा छोराको उपचारमा लाखौं खर्च भईसकेको हुनाले निकै पिडामा रहेको गाउँले तुलसी ओझा अवस्थी ले बताएका छन्।
केहि दिन अगाडी सामाजिक सन्जालमा म जिउन चाहन्छु मलाई बचाउन सहयोग गरिदिनुहोस् भन्दै पिडित भट्टले सहयोग को अपिल गरेका थिए ।
सहयोगी महानुभावहरूले कोटेश्वर स्थित ग्लोवल आई. एम. ई. बैंङ्क मा सहयोग रकम जम्मा गरिदिनु हुन अनुरोध गरेकाछन्।
खतावालाको नाम : भिम राज भट्ट (BHIM RAJ BHATTA)
खाता नम्बर : R507010009829
सम्पर्क नं : +977-9865794340
(यो समाचार तुलसी ओझा अवस्थीको सहयोगमा सुदूरपश्चिम खबरमा मनोज प्रसाद भट्टले लेखेका छन् र सहयाेगी भावनामाले लेखापढी डटकममा साभार गरिएकाे हाे ।)