बैतडीमा वडाअध्यक्ष एक महिलासँग शंकास्पद अवस्थामा फेला


[ss_social_share]
लेखक : लेखापढी      ६ चैत्र २०७७, शुक्रबार ११:२२ मा प्रकाशित     
बैतडीमा वडाअध्यक्ष एक महिलासँग शंकास्पद अवस्थामा फेला

दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।

शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

शंकास्पद रूपमा भेटिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनीहरू दुवै जनालाई गएराती ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियन्त्रणमा लिइएको हो। 

वडाअध्यक्ष महराकी श्रीमती बिमलाले उनीहरू दुवै जनालाई होटेलमा बसेको सूचना पाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्। 

प्रहरी नायव उपरीक्षक अधिकारीले दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएको बताए। 

वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए।  तस्विर: दिनेश खबर

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •