प्रतिनिधिसभा बैठक आज चौथो बैठक बस्दै: शीर्षनेताको शुभकामना मन्तव्य खोइ ?


[ss_social_share]
लेखक : लेखापढी      ६ चैत्र २०७७, शुक्रबार १०:५५ मा प्रकाशित     
प्रतिनिधिसभा बैठक आज चौथो बैठक बस्दै: शीर्षनेताको शुभकामना मन्तव्य खोइ ?

प्रतिनिधिसभाको सातौं अधिवेशन बैठक सुरु भएको दुई सातापछि संसद्मा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताले शुक्रबार मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ । विगतमा बैठक सुरु भएकै दिन मन्तव्य राख्ने चलन थियो ।

निर्वाचन होइन, प्रतिनिधिसभा अधिवेशन आह्वान होस् भन्दै आन्दोलनरत पक्षबाटै पहिलो बैठक बहिष्कारको घटना र त्यसपछिका सदनका कार्यसूचीले सबै नागरिकलाई एकपटक चकित तुल्याएको छ । सबै नीतिको माउ अर्थात् राजनीतिलाई नेतृत्व गर्ने प्रमुख दलकै शीर्षनेताबीच सरकार र पार्टी सञ्चानका विषयमा उत्पन्न विवादले जनताको सार्वभौम सम्पन्न संस्थासमेत कसरी निष्प्रभावी हुँदोरहेछ भन्ने उदाहरणका रूपमा सदन सञ्चालन र कार्यसूची लिन सकिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता भीमबहादुर रावलले प्रतिनिधिसभा निष्क्रिय हुने र कुनै काम गर्न नसक्ने स्थितिले लोकतन्त्रलाई कमजोर पार्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “संसद् यसरी निष्क्रिय भएमा देशको प्रणाली जनउत्तरदायी बन्न सक्दैन, यस्तो हुन नपर्ने हो किन भयो, छिटो अन्त्य हुनुपर्छ ।”

सदनको अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेश पेश हुने र संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्षनेताले सम्बोधन गर्ने विगतको असल अभ्यास यसपटक प्रभावित भएको छ । अध्यादेश पेश गर्ने विषयमा सत्तारुढ दलकै एक समूह र प्रतिपक्ष नेपाली कांग्रेसले असहमति जनाउँदै अवरोध गरेपछि तीनवटा बैठक बसिसके पनि अझै पेश हुनसकेको छैन ।

प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले प्रतिनिधिसभामा सार्वजनिक महत्त्वका, संकल्प र ध्यानाकर्षणका तीनवटा प्रस्ताव दर्ता गराएका छन् । ३८ थान विधेयक प्रतिनिधिसभा र विषयगत समितिमा विचाराधीन छ । निजामती विधेयक समितिले पारित गरेर कार्य व्यवस्था समितिमा बुझाइसकेको छ । नागरिकता विधेयक प्रतिनिधिसभामा पेस गरिए पनि छलफल भएको छैन । यी दुई विधेयक अढाई वर्षदेखि अनिर्णीत रूपमा छन् ।

सदनको अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेश पेश हुने र संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले सम्बोधन गर्ने विगतको असल अभ्यास यसपटक प्रभावित भएको छ । अध्यादेश पेश गर्ने विषयमा सत्तारुढ दलकै एक समूह र प्रतिपक्ष नेपाली कांग्रेसले असहमति जनाउँदै अवरोध गरेपछि तीनवटा बैठक बसिसके पनि अझै पेश हुनसकेको छैन ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •