काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) होटल सोल्टी क्राउन प्लाजामा सकिएको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको हो ।
अक्सनमा कुल १५९ जना खेलाडीलाई समावेश गरिएको थियो । प्रत्येक टोलीले १३ जना खेलाडीलाई अनुबन्धन गरेका छन् ।
टोलीहरुले ए, बी र सी क्याटेगोरीबाट तीन–तीन जना खेलाडी छनोट गरेका हुन् ।
लिगमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, विराटनगर सिटी फुटबल क्लब, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
कुन टिममा कुन खेलाडी ?