नेपाल सुपर लिग फुटबलका लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक


लेखक : लेखापढी      ६ चैत्र २०७७, शुक्रबार ०१:३२ मा प्रकाशित     
नेपाल सुपर लिग फुटबलका लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो वर्ष वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)का लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ । अक्सन शुक्रबार हुँदै छ ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले एन्फाको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । एन्फाले अक्सनका लागि आज ‘ए’, ‘बी’ र ‘सी’ श्रेणी गरी खेलाडीको नाम सार्वजनिक गरेको हो ।

अक्सनमा ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३५ खेलाडीलाई सहभागी गराइने एन्फाले जनाएको छ । यस्तै, अक्सनमा ६५ ‘बी’ श्रेणीका तथा ५८ ‘सी’ श्रेणीका खेलाडी रहेका छन् ।

एन्फाको प्राविधिक समितिले खेलाडीको सूची सार्वजनिक गरेको हो । आगामी वर्ष वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने सुपर लिगमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई सातासम्म सञ्चालन हुने सो प्रतियोगिता सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ ।

नाम सार्वजनिक गरे पनि खेलाडीको न्यूनतम पारिश्रमिक भने खुलाइएको छैन । एउटा टोलीमा बढीमा २० खेलाडी आबद्ध हुनेछन् । प्रत्येक टोलीले तीन विदेशी खेलाडी खेलाउन पाउनेछन् भने दुई स्थानीय खेलाडी अनिवार्य सहभागी गराउनुपर्नेछ ।

उक्त प्रतियोगितामा काठमाडौं रेजर्स एफसी, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । रासस

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •